
२८ चैत, काठमाडौं । अमेरिका र एसियाका सेयर बजारमा उच्च वृद्धि देखिएको छ । अमेरिकी बजारमा १२ प्रतिशतसम्म र एसियालीमा १० प्रतिशतसम्म वृद्धि भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेकाले बजारमा वृद्धि भएको ठानिएको छ ।
ट्रम्पको यही घोषणाका कारण करिब चार दिनपछि शेयर बजारमा वृद्धि भएर हरियाली छाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रमुख अमेरिकी इन्डेक्स नेस्डेक १२.१६ प्रतिशतले वृद्धि भएको छ । एस एण्ड पी ५०० मा ९.५२ प्रतिशत र डाओ जोन्समा ७.८७ प्रतिशतले उच्च वृद्धि भएको छ ।
यो कोरोना महामारीपछि अमेरिकी शेयर बजारमा एकैदिनमा देखिएको सबैभन्दा ठूलो वृद्धि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4