+

एनएसएल २०२५ : दुई अपराजित टोली चितवन र ललितपुर भिड्दै

२०८१ चैत  २८ गते १०:३६ २०८१ चैत २८ गते १०:३६
एनएसएल २०२५ : दुई अपराजित टोली चितवन र ललितपुर भिड्दै

२८ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज दुई अपराजित टोली एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

जारी लिगमा दुई खेल जितेको एक मात्र टोली चितवन ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ भने साविक विजेता ललितपुर ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

दुवै टोली तीन खेलसम्म अपराजित छन् र त्यो लयलाई कायम राख्दै शीर्ष स्थानको होडमा छन् । चितवनलाई आजको खेल जित्न सके शीर्ष चारको यात्रा अझ बलियो हुनेछ । यदी चितवनलाई पराजित गरेमा ललितपुर शीर्ष स्थानमा पुग्नेछ ।

पोखरा र बुटवल लुम्बिनीलाई पराजित गर्दै सानदार सुरुवात गरेको चितवनले अन्तिम समयमा गोल खाँदा झापा एफसीसँग अंक बाँडेको थियो ।

उता ललितपुरले पहिलो खेलमा काठमाडौं रेजर्ससँग बराबरी खेल्दै लिग सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा पोखरालाई हराएको ललितपुरले तेस्रो खेलमा धनगढी एफसीसँग बराबरी खेलेको थियो ।

दुई अपराजित र सन्तुलित टोलीबीच आज हुने खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । यस्तै आजको खेल जितेर चितवन अग्रता फराकिलो बनाउन चाहन्छ भने ललितपुरलाई खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ ।

एनएसएल २०२५

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय