+
+
Shares

वाग्मती र विष्णुमतीको दुर्गन्ध हटाउन आवश्यक : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १२:०२

२८ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौंका दूर्गन्धित वाग्मती र विष्णुमती नदी सफा बनाउन आवश्यक भएको बताएका छन् ।

बागमती एकीकृत सभ्यताको ३१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै कांग्रेस नेतासमेत रहेका सिंहले उपत्यकाका नदीबाट दुर्गन्ध फैलिएको भन्दै त्यसलाई हटाएर स्वच्छ बनाउने योजना आवश्यक रहेको बताए । ‘हामीले गर्ने भनेको नदीहरूलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउन हामीले गर्नुपर्ने के हो ? त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन्’, उनले भने ।

धेरै सम्पदाहरू रहेको वाग्मती नदी किनारमा हेरिटेज वाकको चर्चा भएपनि काम प्रभावकारी हुन नसकेको प्रति भने उपप्रधानमन्त्री सिंहले असन्तुष्टि व्यक्त गरे । ‘नदीहरूको करिडोर बनाउने जुन काम छ । त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ’, उनले भने ।

हेरिटेज वाकदेखि कोरिडोरलाई व्यवस्थित गर्नुका साथै वर्षाको समयमा देखिएको बाढीको नियन्त्रण गर्ने, नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा उनले जोड दिए ।

उपप्रधानमन्त्री सिंहले वाग्मती नदी किनारमा रहेका मन्दिरहरुको पुनर्निर्माण र जीर्णोद्धार गरिएको पनि उनले बताए ।

उपप्रधानमन्त्री सिंहले प्रचारबाजीको लागि मात्र नभएर जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?