+

आईपीएल क्रिकेट : दिल्लीको अपराजित यात्रा रोक्ने लक्ष्यमा बेंगलुरु

२०८१ चैत  २८ गते १४:१३ २०८१ चैत २८ गते १४:१३
आईपीएल क्रिकेट : दिल्लीको अपराजित यात्रा रोक्ने लक्ष्यमा बेंगलुरु

२८ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटअन्तर्गत आज एक खेल मात्र हुँदैछ । आज रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्स खेल्दै छन् ।

बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा खेल बेलुका नेपाली समयअनुसार पौने ८ बजेदेखि सुरु हुनेछ । दुवै टोलीमा यसपटक नयाँ कप्तान छन् । बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् भने दिल्लीको कप्तानमा अक्षर पटेल छन् ।

बेंगलुरुले हालसम्म खेलेका ४ खेलमा ३ जित निकालेको छ भने दिल्ली हालसम्म ३ खेल खेल्दा अपराजित रहने एक्लो टिम हो । आज घरेलु मैदानमा खेल्दा बेंगलुरु दिल्लीको अपराजित यात्रा रोक्ने लक्ष्यमा हुनेछ ।

यी दुई टोलीका बीचमा हालसम्म भएका खेलहरुमा बेंगलुरुले १९ खेल जित्दा दिल्लीले ११ खेल जितेको छ ।

अंकतालिकामा दिल्ली ३ खेलमा ४ जितसहित ६ अंकका साथ दोस्रो स्थानमा छ भने ४ खेलमा ३ जितसहित ६ अंक भएको बेंगलुरु तेस्रो स्थानमा छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय