+
+
Shares

भ्रमणबाट फर्किँदा दुर्घटना, डिस्चार्जपछि झुन्डिएको भेटिए

हेटौंडा अस्पतालबाट आज बिहान करिब ३ बजे डिस्चार्ज भएका विमल ढुंगाना राति सुतेको कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ चैत २८ गते २१:००

२८ चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बुधबार राति दुर्घटनामा परी घाइते भएका व्यक्ति कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

हेटौंडा अस्पतालबाट आज बिहान करिब ३ बजे डिस्चार्ज भएका विमल ढुंगाना राति सुतेको कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

ढुंगाना अस्पतालबाट डिस्चार्ज भएपछि हेटौंडा–११ नवलपुरस्थित भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदयप्रसाद हटवालको घरमा बास बसेका थिए ।

बिहान अबेरसम्म नउठेपछि झयालबाट हेर्दा ढुंगाना झुन्डिएको अवस्थामा देखिएपछि हटवालले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार ढुंगाना खादा र टाइको डोरीमा झुन्डिएको अवस्थामा फेला परेका थिए । पाइन्टमा लगाउने पेटी भने चुँडिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । पेटीलाई पासो बनाउन खोज्दा चुँडिएको हुन सक्ने अनुमान प्रहरीको छ ।

भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले अगुवा कृषकहरूलाई पूर्वीनेपालको भ्रमण सकेर फर्किँदै गर्दा बाप्र ०६–००१ ख ०२७० नम्बरको बस पूर्वी मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी स्थित मदन भण्डारी मार्ग (धरान–चतरा सडक खण्ड) को मोडमा दुर्घटनामा परेको थियो ।

पशु विकास शाखाका प्राविधिक कर्मचारी समेत रहेका ढुंगाना दुर्घटनामा परेर सामान्य घाइते भएका थिए ।

बसमा सवार अन्य ३० जना घाइते छन् । घाइते हुनेमा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी र कृषकहरू छन् । उनीहरूको हेटौंडा र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी श्यामु अर्यालले बताए ।

घाइतेमध्ये भीमफेदी–६ बस्ने ४५ वर्षीया सुमित्रा लामा र ५५ वर्षकी सानी आलेको अवस्था गम्भीर छ । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसका चालक भने फरार छन् ।

प्रहरीका अनुसार ढुंगाना दुर्घटनामा परेको बसका सञ्चालक समेत हुन् ।

भ्रमणमा सँगै रहेका कृषि प्राविधिक सुदीप पराजुलीका अनुसार बस दुर्घटनापछि ढुंगाना आत्तालिएका थिए ।

विमलको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?