
२८ चैत, काठमाडौं । जितो अन्तर्राष्ट्रिय व्यापार संगठन (जितो) नेपाल च्याप्टरले अध्यक्ष कमल बेगानीको नेतृत्वमा महावीर जयन्तीको पूर्वसन्ध्या पारेर विश्व नवकार महामन्त्र दिवसको महत्त्वपूर्ण वैश्विक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम भगवान् महावीर जैन निकेतन काठमाडौंमा सम्पन्न भएको थियो भने जितो एपेक्सद्वारा विभिन्न च्याप्टरमार्फत गरिएको विश्वव्यापी उत्सवको एक भाग थियो ।
कार्यक्रममा १ करोडभन्दा बढी भक्तजन र १ सय ८ भन्दा बढी देशका सहभागीले शान्ति, आध्यात्मिक जागरण र विश्वव्यापी सद्भावका लागि सहभागिता जनाएका थिए ।
नवकार महामन्त्र जैन धर्ममा अत्यन्त महत्त्वपूर्ण मानिन्छ, यो मन्त्रले जैन दर्शनको सारको प्रतिनिधित्व गर्दछ । नवकार मन्त्रको जपले मन, शरीर र आत्माको शुद्धीकरण गर्दछ, जसले शान्ति र आध्यात्मिक उन्नति ल्याउँछ । यसमा पाँच प्रमुख प्रणाम छन्, अरिहन्त, सिद्ध, आचार्य, उपध्याय र साधु जसले अनुयायीलाई मोक्षको मार्गमा मार्गदर्शन गर्छ ।
नवकार महामन्त्र केवल जैन समुदायका लागिमात्र होइन, सम्पूर्ण मानवता र सबै प्राणीको भलाइका लागि छ । यस मन्त्रले अहिंसा, सत्य र करुणाजस्ता सार्वभौमिक मूल्यको सम्झना गराउँछ र सबैलाई आध्यात्मिक शान्ति र उन्नतिको मार्गमा अघि बढ्न प्रेरित गर्दछ ।
जैन धर्म, जो संसारको एक प्राचीन धर्म हो, सबै प्राणीको सम्मान गर्न र आत्मअनुशासन, ध्यान र आध्यात्मिक बोधको महत्त्वमा जोड दिन्छ । नवकार महामन्त्र दिवसको उत्सवले जैन शिक्षामा साझा श्रद्धामार्फत विश्वव्यापी एकता र शान्ति ल्याउने एक शक्तिशाली अवसर भएको थियो ।
कार्यक्रममा लाखौं भक्तजनहरूले नवकार मन्त्रको जप गरेका थिए र यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्चुअल रूपमा सहभागी भएका थिए । उनको सहभागिता र धेरै प्रसिद्ध व्यक्तित्व र चर्चित हस्तीहरूको समर्थनले जैन धर्म र यसको सार्वभौमिक मूल्यहरूको महत्त्वलाई अझ बढी ऊजागर गरेको छ ।
यस ऐतिहासिक कार्यक्रममा भएको अत्यधिक सहभागिता र यसको विशाल आकारको सम्मानमा जितो नेपाल च्याप्टर गिनिज वर्ल्ड रेकर्डका लागि आवेदन प्रक्रियामा रहेको छ जसले सबैभन्दा धेरै मानिसहरूले एकै समयमा मन्त्र जप गरेको रेकर्ड कायम गर्न प्रयास गरिरहेको छ ।
कार्यक्रमको ट्यागलाइन, ‘विश्व शान्तिका लागि एकत्रित होऔं’ कार्यक्रमको भावना प्रस्तुत गर्दछ, जसले सबैलाई शान्ति र सदभावका लागि साझा श्रद्धामा एकत्रित गर्ने लक्ष्य राखेको च्याप्टरले जनाएको छ ।
जितो नेपाल च्याप्टरले सबै सदस्य र व्यापक जैन समुदायलाई यो वैश्विक आध्यात्मिक यात्रामा सहभागी हुन र भगवान् महावीर जैन निकेतन काठमाडौंमा महावीर जयन्तीको पावन अवसरलाई श्रद्धा र सम्मानसाथ मनाउन आमन्त्रण गरेको थियो ।
प्रतिक्रिया 4