
काठमाडौं । शुक्रबारदेखि हलमा २ नयाँ फिल्म रिलिज हुँदैछन् । दुई नेपाली फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ दुबै एक्सन फिल्म हुन् । बिहीबारदेखि सनी देओल स्टारर हिन्दी एक्सन फिल्म ‘जाट’ प्रदर्शनमा आएको छ ।
‘जाट’ न्यून अकुपेन्सीसहित प्रदर्शनमा आएको छ ।
शुक्रबारदेखि रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’ले प्रतीक्षित छन् । इन्टरनेट प्लाटफर्ममा पनि यी फिल्मका प्रचार सामग्रीले स्थान पाएका छन् । हुनसक्छ यी सूचकलाई हेरेर हलले उत्साहजनक शो दिए ।
दुईमध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ । जसको देशब्यापी शो संख्या १७० छ । विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाउँदा सनी देओल स्टारर भारतीय फिल्म ‘जाट’को शो संख्या शुक्रबार १०३ छ ।
प्रदर्शनरत ‘वसन्त’ शुक्रबारदेखि ५५ शोमा खुम्चिएको छ र ‘अञ्जिला’ले देशब्यापी ४२ शो पाएको छ । प्रकाश सपुतको ‘वसन्त’को शो संख्यामा आधाभन्दा धेरै गिरावट देखिन्छ ।
अब कुरा गरौं, शुक्रबारदेखि प्रदर्शन हुने २ नेपाली फिल्मको अग्रिम टिकट बिक्रीको । ‘पिताम्बर’ र ‘कर्मा’ दुबै फिल्मको एड्भान्स टिकट बिक्री न्यून देखिन्छ । प्राप्त शो संख्याअनुसार एड्भान्स टिकट बिक्री अपेक्षाअनुसार छैन ।
अब यी दुई फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’ आवश्यक पर्नेछ ।
प्रतिक्रिया 4