+
+
Shares

क्रिस्टिनारोक्का र एनहर्ब नेचुरलको ‘न्यु इयर, न्यु एटिच्युड’ उपहार योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १५:३४

२८ चैत, काठमाडौं । सौन्दर्य र गुणस्तरको प्रतीक क्रिस्टिनारोक्का र एनहर्ब नेचुरलले नयाँ वर्ष २०८२ का लागि ‘न्यु इयर, न्यु एटिच्युड’ उपहार योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत तीन–तीन जना गरी ६ विजेताले आकर्षक उपहार जित्ने मौका पाउने छन् ।

क्रिस्टिनारोक्का इटालीमा उत्पादित युरोपेली सौन्दर्य ब्रान्ड हो भने एनहर्ब नेचुरल भारतमा उत्पादित सौन्दर्य ब्रान्ड हो । जस अन्र्तगत क्रिस्टिनारोक्काले उच्च गुणस्तरीय लिपस्टिक, लिप ग्लस, भोल्युम मस्कारा, लेन्दनिङ मस्कारा, लिप आयल लगायत सौन्दर्य सामग्री उतपादन गर्छ ।

त्यस्तै एनहर्ब नेचुरलले सन क्रिम एसपीएएफ ५०, आफ्टर सन क्लिन्जर, आफ्टर सन रिकभरी जेल, फेस मास्क, फेस स्क्रब लगायत सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ ।

आधुनिक सौन्दर्य प्रवृत्ति र कालजयी आकर्षण ध्यानमा राख्दै यो ब्रान्डले आत्मविश्वास र व्यक्तिगत सौन्दर्यलाई अझ उजागर गर्न प्रेरणा दिँदै आएको छ ।

यो उपहार योजनामा सहभागी हुन इच्छुक क्रिस्टिनारोक्का र एनहर्ब नेचुरलको फेसबुक पेज वा इन्स्टाग्राम पेज लाइक, फलो गर्नुपर्ने हुन्छ । साथै, क्रिस्टिनारोक्का र एनहर्बको फेसबुक पेज वा इन्स्टाग्राम पेजमा पोस्ट गरिएको पोस्टलाई आफ्नो स्टोरीमा सेयर गरी ४ जना साथीलाई ट्याग गर्नुपर्ने हुन्छ, जसले सौन्दर्य सामग्री मन पराउँछन् ।

विजेताको छनोट योजना समाप्तिपछि लक्की ड्रमार्फत गरिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?