+
+
Shares

तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिऔं : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री राणाले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १५:५२

२८ चैत, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छिन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राणाले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताइन् ।

नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नुपर्ने उनले उल्लेख गरिन् ।

मन्त्री राणाले सबै नेपाली आर्थिक विकास र प्रगतिको आकांक्षी रहेको र ती आकांक्षा निजी क्षेत्रको सक्रियता तथा सहभागिताबाट मात्रै हासिल गर्न सकिने धारणा पनि राखिन् ।

यसैगरी सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

उद्योग वाणिज्य महासंघ सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?