+
+
Shares

सम्बन्ध बिग्रिएपछि प्रेमिकाको तस्वीरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १६:१८

२८ चैत, काठमाडौं । प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिकाको तस्वीरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक (प्रेमी) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐनको अन्तर्गतको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनी एक युवतीसँग प्रेम सम्बन्धमा रहेका थिए । प्रेम सम्बन्धमा रहँदा खिचिएका प्रेमिकाको अन्तरंग तस्वीर प्रेम सम्बन्ध बिग्रिएपछि दुरुपयोग गरेको र उक्त तस्वीर पूर्वप्रेमिकालाई समेत पठाउँदै ब्ल्याकमेलिङ गरेको आरोप उनीमाथि छ ।

प्रेमिकाका तस्वीर र भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने भन्दै धम्की दिएको आरोप पनि उनीमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?