
जावलाखेल चोकबाट थोरै अगाडि बढेपछि भेटिन्छ, द जोइन्ट बार एन्ड ग्रिल । नामबाटै थाहा हुन्छ, यो रेष्टुरेन्टको विशेषता भनेका ग्रिल्ड गरिएका खानेकुरा हुन् । खासगरी ग्रिल्ड गरिएको कुकुराको मासु, सुँगुरको मासु, माछा, खसीको मासु यहाँका मुख्य व्यञ्जन हुन् ।
तर यतिमा मात्र सीमित छैन यस रेष्टुरेन्टको मेनु । त्यसबाहेक अरू थुप्रै परिकारको स्वाद लिन सक्नुहुन्छ । अमिलो, पिरोमा अभ्यस्त नेपाली जिब्रोलाई लोभ्याउने परिकारसँगै यस रेष्टुरेन्टले आगन्तुकको स्वागत गर्छ ।
रेष्टुरेन्टमा तपाईं आफन्तजन, परिवार वा साथीभाइसँग जान सक्नुहुन्छ । रेष्टुरेन्टको सम्मुखमा फराकिलो पार्किङ सुविधा छ । जसै पार्किङबाट अगाडि बढ्नुहुन्छ तपाईंका लागि त्यहाँ तीन वटा विकल्प रहन्छ– चिया पिउने वा बारतर्फ लाग्ने वा फाइन डाइनमा ।
बायाँतर्फ चियाका लागि ठाउँ छुट्याइएको छ । पछिल्लो समय शहरमा चिया पारखी बढेसँगै यस रेष्टुरेन्टले पनि चियाको छुटै ठाउँ तयार गरेको हो । त्यो खुला र फराकिलो ठाउँमा तपाईं आफ्ना साथीभाइसँग अनेकथरी चियाको स्वाद लिन सक्नुहुन्छ । विशेषगरी मट्का चियाको ।
दायाँतर्फ भने बार छ, जहाँ थरीथरी अल्कोहलिक र ननअल्कोहलिक पेयको चुस्की लिन सकिन्छ । यी त भए पिउने कुरा । खासमा यहाँ अएपछि नयाँ-नयाँ स्वादको खानेकुरा खानैपर्यो। यसका लागि तपाईँ खुला ठाउँ वा अलग ठाउँ रोज्न सक्नुहुन्छ । रेष्टुरेन्टको आसपासमा फरक साजसज्जाको ठाउँहरू छन्, जहाँ तपाईँ आफ्नो रुची र अनुकुलताअनुसार बस्न सक्नुहुनेछ ।
सुरुमै भनियो, यो रेष्टुरेन्टमा खासगरी ग्रिल्ड गरिएका परिकारहरू उपलब्ध हुनेछन् । त्यसबाहेक नेपाली जिब्रोलाई लोभ्याउने अरू थुप्रै परिकारको स्वाद लिन सकिन्छ । खाजा, नास्ताको रूपमा यहाँ अनेक व्यञ्जन उपलब्ध हुनेछ ।
प्रतिक्रिया 4