+
+
Shares

धरानको जंगलमा मृत भेटिएकी महिलाको पहिचान, श्रीमान् कोरियामा

मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका– २ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १६:५५

२८ चैत, विराटनगर। गत सोमबार सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।

मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका– २ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

डीएसपी खतिवडाका अनुसार  उनको माइती महालक्ष्मी नगरपालिका-१ मा पर्छ ।

दाहाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी थिइन् । प्रहरीका अनुसार आफन्तले शवको पहिचान गरेका हुन् ।

प्रहरीका अनुसार उनका श्रीमान् प्रेम दाहाल वैदेशिक रोजगारीका लागि कोरियामा छ्न् ।

धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा सोमबार दिउँसो महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महिलाको घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेस लगाएर शव छाडेजस्तो देखिएको प्रहरीको भनाइ छ ।

शवको कम्मर मुनिको कपडा खोलिएको अवस्थामा थियो । प्रहरीका अनुसार अन्यत्र हत्या गरी महिलाको शव घिसारेको जस्तो पनि देखिन्छ । महिलाको पहिचान खुलेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार मृतक महिला करिब २ वर्षअघि छोरा पढाउनका लागि इटहरीमा डेरा गरी बस्न थालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?