+
+
Shares

हावाहुरीले यसरी बिथोल्यो तानसेन महोत्सव (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १७:४२

२८ चैत, पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ । बुधबार रातिको हावाहुरीसहितको वर्षाले महोत्सव प्रभावित बनेको हो ।

बुधबार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो । असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाकाबीच भागदौड मच्चिएको थियो ।

वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए। तर, बुधबार राति १ बजेबाट चलेको ठूलो हावाहुरीले महोत्सव स्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबार सबै ढालिदिएका छन् । जसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ  ।

महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान समेत हावाले उडाएको व्यापारीहरुको भनाइ छ । हावाहुरीले करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गर्ने आयोजक तानसेन नगरपालिकाले गरेको छ । महोत्सव यही २२ चैतदेखि ३ वैशाखसम्मका लागि तय भएको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?