
२८ चैत, काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ ।
शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ ।
सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ ।
शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् ।
यसअघि मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।
प्रतिक्रिया 4