+
+
Shares

राजावादी आन्दोलन : शिवसेना नेपालका मजदुर विभाग प्रमुख सापकोटा पक्राउ

सिरहाको मिर्चैया नगरपालिका–६ घर भएका उनी भक्तपुर लोकन्थलीमा बस्दै आएका थिए । उनले शंख फुक्दै भीडलाई उत्तेजित पारेको प्रहरीको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १८:२२

२८ चैत, काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनमा भीडलाई उत्तेजित बनाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४६ वर्षीय मनोज सापकोटा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

सिरहाको मिर्चैया नगरपालिका–६ घर भएका उनी भक्तपुर लोकन्थलीमा बस्दै आएका थिए । उनले शंख फुक्दै भीडलाई उत्तेजित पारेको आरोप छ ।

उनी शिवसेना नेपालको मजदुर विभागका प्रमुख तथा वीर गोर्खाली मिडिया प्रालिका सञ्चालक समेत रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

१५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आगजनी र तोडफोड भएको थियो भने दुई जनाको मृत्यु समेत भएको थियो ।

यो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महासचिव धवल शमशेर राणा लगायत ७५ बढी व्यक्ति पक्राउ परेका छन् ।

मुख्य नाइके भनिएका आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?