
काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले चितवनबाट ‘दिपल ईभी’ को बिक्री औपचारिक रूपमा सुरु गरेको छ ।
बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघ अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दीलिप थानेत, एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७ एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन् ।
दिपल ईभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघ अध्यक्ष श्रेष्ठले चितवनमा चांगानको सफलताको कामना गरे । साथै, उनले चांगान र अन्य ब्रान्डले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
त्यसैगरी एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा ८ सयभन्दा बढी संख्यामा दिपल ईभी बिक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो ईभीप्रेमीको रोजाइमा परेको बताए ।
उनले दिपलको बिक्री र बिक्रीपछिको सेवालाई देशभरि विस्तार गर्ने क्रममा चितवनका लागि राजहंस अटोमोबाइल जोडिएकोमा धन्यवाद व्यक्त गरे ।
दिपलको नयाँ शोरुम चितवनमा
एमएडब्लू वृद्धिले राजहंस अटोमोबाइल मार्फत चितवनका ग्राहकलाई इन्टिलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सुरु गरेको छ ।
नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लू वृद्धिले बिहीबारदेखि तीन दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्स्चेन्ज क्याम्प सुरु गरेको छ । यो अवधिमा चितवनका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टिलिजेन्ट ईभी दिपल ई०७, दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले २० प्रतिशतमात्र डाउनपेमेन्टमा दिपल ईभी खरिद गर्न सक्नेछन् । यसका साथै निःशुल्क ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स्चेन्ज बोनस पनि पाउन सक्नेछन् । साथै, दिपलका ईभी टेस्ट ड्राइभ गर्ने सबैले दिपलका तर्फबाट उपहार पाउने कम्पनीले जनाएको छ ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचर छन्ज, जसका कारण यो ईभी नेपाली बजारमा ८ सयभन्दा बढी बिक्री भइसकेको छ ।
प्रतिक्रिया 4