+
+
Shares

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथानका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १८:२७
गाउँपालिका अध्यक्ष नमोनारायण माझी र उपाध्यक्ष गुणवतीदेवी थारू

२८ चैत, विराटनगर । वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ ।

उपाध्यक्ष गुणवतीदेवी थारूले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सोमबार अध्यक्ष माझीले उपाध्यक्ष गाउँपालिकामै हुँदाहुँदै वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक दिएका थिए । माझी भने चीन भ्रमणमा छन् ।

उपाध्यक्ष अध्यक्षको निर्णयविरुद्ध उच्च अदालत पुगेकी थिइन् ।

उक्त निर्णयबारे बिहीबार सुनुवाइ गर्दै जारी भएको अन्तरिम आदेशमा भनिएको छ, ‘रिट निवेदक गाउँपालिकाको उपाध्यक्षको पदमा वहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाट देखिँदा सुविधा सन्तुलन एवं कानुनको उचित प्रयोगको दृष्टिकोणबाट निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिन आयो ।’

माझी मंसिरको उपनिर्वाचनमा माओवादीबाट माझी अध्यक्षमा निर्वाचित भएका थिए । उनको उपाध्यक्षसँग सम्बन्ध राम्रो छैन । गत सोमबार आफ्नो बिदाइमा पनि नआएको भन्दै उनले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।

यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकाको उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?