+
+
Shares

रामेछापको कठजोर ठाँटीमा जिप दुर्घटना, २ जनाको मृत्यु

रामेछापको मन्थली नगरपालिकाको कठजोर ठाँटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कपिल कोइराला कपिल कोइराला
२०८१ चैत २८ गते १९:०७

२८ चैत, काभ्रेपलाञ्चोक। रामेछापको मन्थली नगरपालिकाको कठजोर ठाँटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मन्थली नगरपालिका-३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको जिप दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप कुमार सिंहले बताए ।

डीएसपी सिंहका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्।  घाइतेहरू सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको उनले बताए ।

दुर्घटना भएको बोलेरो सडकबाट तल खसको मन्थली नगरपालिका–३ नम्बरका वडाध्यक्ष कृष्णगोपाल थापाले बताए।

पानी परेर सडक चिप्लो भएको र क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले दुर्घटना भएको हुन सक्ने वडाध्यक्ष थापाको भनाइ छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?