
काठमाडौं । फिल्म ‘नरसिंहा अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता राज कटुवाल र सनिशा भट्टराई चित्रण छन् । पोस्टरले यी दुईले फिल्ममा जोडीको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ ।
चलचित्र विकास बोर्डका पूर्वसदस्य समेत रहेका कटुवालले यसअघि फिल्म ‘लालटिन’ र ‘मायावी’मा अभिनय गरेका छन् । ‘मायावी’ उनले निर्माण गरेको फिल्म हो ।
फिल्ममा उनले अभिनेता राजेश हमालसँग स्क्रिन सेयर गरेका छन् । यो फिल्मका लागि राजले मिहेनत गरेको बुझिएको छ । यसका लागि उनले एक्सन समेत सिके ।
२०८१ सालको हिट फिल्म ‘१२ गाउँ’बाट दङ्ग परेकी अभिनेत्री भट्टराईले ‘नरसिंहा अवतार’मा झनै बुलन्द रुपमा प्रस्तुत भएर दर्शकको ध्यान खिच्ने तयारीमा छिन् । दिवाकर भट्टराइको लेखन र निर्देशनमा तयार भएको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
फिल्ममा राजेश हमाल, सरोज खनाल, नीर शाह, नीति शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेशचन्द सोडारी, राजिवजंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा राजुविक्रम थापाको छायांकन, कविराज गहतराज र माइकल चन्दको नृत्य, राजु लामाको एक्सन कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजीत बासकोटा र अर्जुन पोखरेलको संगीत छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसिएट निर्देशक वसन्त अधिकारी हुन् ।
प्रतिक्रिया 4