+
+
Shares

७ वर्षीया बालिकालाई स्कुलमै बलात्कार गरेको आरोप, एक पक्राउ

मानव अधिकार आयोगमा पनि पर्‍यो उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १९:३८

२८ चैत, धनगढी । कैलालीमा ७ वर्षीया बालिकामाथि विद्यालयमै करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–४ मा रहेको राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा ७ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) नवीनराजा बुढाथोकीका अनुसार पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा गत चैत ११ गते ती किशोरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त घटना भने चैत ६ गतेको हो ।

पीडित बालिकाका अभिभावकका अनुसार बालिकाको यौनीबाट रगत बगेपछि उपचारका लागि अस्पताल लगिएको थियो । चिकित्सकले चेकजाँचका क्रममा उनीमाथि बलात्कार भएको बताएका थिए ।

त्यसपछि बालिकाले घटनाबारे विस्तृत जानकारी गराएको जाहेरीमा उल्लेख छ ।  तर, अहिले घटना मिलाउनुपर्ने भन्दै पीडित परिवारमाथि नै दबाब पर्न थालेको छ ।

बालिकाका बुवाका अनुसार प्रहरीलाई आफ्नो छोरीमाथि बलात्कार नभएको भनेर भन्न विद्यालयका शिक्षक र गाउँका अगुवाले दबाब दिइरहेका छन् । उनले छोरीमाथि बलात्कार गर्नेलाई कानुन अनुसार कारबाही हुनुपर्ने बताए ।

विद्यालयको बदनाम हुने भन्दै आर्थिक लेनदेन गरेर घटना गुपचुप गर्न दबाब आइरहेको पीडित परिवारको भनाइ छ ।

यस्ता दबाब आउन थालेपछि पीडित परिवारले मानव अधिकार आयोगमा पनि उजुरी दिएका छन् ।

उक्त बोर्डिङका सञ्चालक सञ्चालक नवलसिंह रोकाया भने बाहिर हल्ला भएजस्तो घटना नभएको बताउँछन् ।

‘बाहिर आएको जस्तो होइनजस्तो लाग्छ । मैले पनि सबै बुझ्न बाँकी छ । बुझेर भन्छु,’ रोकायाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?