+
+
Shares

भक्तपुरमा सुरू भयो बिस्का जात्रा (तस्वीरहरू)

बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्‍याली निकालिएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८१ चैत २८ गते १९:४५

२८ चैत, भक्तपुर। भक्तपुरमा आजदेखि बिस्का (बिस्केट) जात्रा सुरू भएको छ ।

बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्‍याली निकालिएको हो ।

बिहीबार बिस्कार जात्राको अवसरमा यहाँका जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी, स्कुल/कलेजका शिक्षक, विद्यार्थी, स्काउट, संस्कृतिप्रेमी, नागरिक अगुवा एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको अगुवाइमा र्‍याली निकालिएको छ ।

भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयबाट सुरु भएको र्‍याली टौमढीमा पुगी सभामा परिणत भएको थियो ।

बिस्का जात्राको पहिलो दिन, चौथो दिन, पाँचौं दिन र नवौ दिन भैरवनाथ तथा भद्रकाली देवी देवतालाई विभिन्न काठ तथा बेतबाट तयार पारिएको रथमा राखी उक्त रथलाई डोरीले तानेर नगरका बिभिन्न टोलमा परिक्रमा गराइन्छ ।

बिस्काका मुख्य आकर्षण रथ यात्रा, लिङ्गो उभ्याउने र ढलाउने समारोहलाई मानिन्छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?