
२८ चैत, विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत चयन भएकी छन् ।
सुनसरीकाे इटहरीमा भएको पहिलाे प्रदेश अधिवेशनमा धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र विनोद खड्काले पनि दाबेदारी पेस गरेका थिए ।
बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।
कोशी प्रदेशकी पूर्वसांसद खड्का एमालेका स्वर्गीय नेता डम्बर खड्काकी श्रीमती हुन् । नेकपा एमाले विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् ।
प्रदेश कमिटी सचिवमा खोटाङका जलेश्वर राई चयन भएका छन् । उपसचिवमा भवानी शंकर चयन भएको प्रदेश अधिवेशन स्थलमा रहेका केन्द्रीय सदस्य ओसिम आलमले जानकारी दिए ।
प्रदेश कमिटी उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । रिक्त रहेको पदाधिकारीसहित सदस्य प्रदेश कमिटीको बैठकले मनोनीत गर्नेछ । प्रदेश कमिटी १९१ सदस्यीय हुनेछ ।
यसअघि माेरङ जिल्ला अधिवेशनमा पनि निर्वाचन प्रक्रिया राेकेर चन्द्रवीर राईकाे नेतृत्वमा जिल्ला कमिटी घाेषणा गरिएकाे थियाे ।
प्रतिक्रिया 4