+
+
Shares

हलिउड फिल्मको आयातलाई कटौती चीनको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १९:५६

बेइजिङ (रोयटर्स) । चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो ।

‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना फिल्म एडमिनिस्ट्रेशनले एक विज्ञप्तिमा भनेको छ, ‘हामी बजार नियमहरू पालना गर्नेछौं, दर्शकको रोजाइको सम्मान गर्नेछौं र आयात गरिएका अमेरिकी फिल्महरूको संख्यालाई घटाउनेछौं ।’

कुनै समय अमेरिकी फिल्मको लागि सबैभन्दा ठूलो विदेशी बजार रहेको चीनमा हलिउड फिल्महरूले हालैका वर्षहरूमा उल्लेखनीय प्रगति गर्न संघर्ष गर्नु परेको छ । एमपीएका अनुसार चीनले हाल प्रतिवर्ष ३४ वटा विदेशी राजस्व बाँडफाँड गर्ने फिल्मको आधिकारिक कोटा कायम राखेको छ ।

चाइना फिल्म एडमिनिस्ट्रेसनले एक फिल्म आयातकर्ता र विदेशी फिल्मका दुई वितरकलाई अनुमति दिँदै आएको छ, जुन दुवै राज्य-स्वामित्वमा रहेका कम्पनी चाइना फिल्म ग्रुप र हुआसिया फिल्म डिस्ट्रिब्युसन कम्पनी हुन् ।

बेइजिङ अनिश्चित प्रकारको प्रतिक्रिया प्राप्त गरेपछि हलिउड फिल्मका स्टुडियोले रिलिज र प्रवर्धनको लागि हुने प्रयासका कार्यमा कटौती गरिरहेका छन् । चिनियाँ फिल्म पनि स्थानीय दर्शकमाझ बढ्दो रूपमा लोकप्रिय साबित भएका छन् ।

गत हप्ता वार्नर ब्रदर्स र लेजेन्डरी पिक्चर्सद्वारा निर्मित ‘माइनक्राफ्ट मुभी’ले चीनमा १४.७ मिलियन डलर बक्स अफिसको साथ चार्टको शीर्ष स्थानमा कमाइ गर्‍यो ।

‘फिडिङ द ड्रयागन : इनसाइड द ट्रिलियन डलर डिलेमा फेसिङ हलिउड, एनबीए, एण्ड अमेरिकन बिजनेस’का लेखक क्रिस फेन्टनले यो कदम ‘चीनको लागि लगभग शून्य नकारात्मक नतिजाबिना अमेरिकालाई जवाफी बयान दिने एक हाई-प्रोफाइल तरिका’ भएको बताए ।

सन् १९९४ बाट चीनले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त राजस्व-बाँडफाँड वितरण मोडेलमार्फत प्रत्येक वर्ष १० वटा अमेरिकी चलचित्र आयात गर्न सुरु गरेको थियो ।

चीनको सर्वकालीन बक्स अफिस सूचीमा, केवल एउटा आयातित फिल्म शीर्ष २० मा पर्दछ । जसमा हलिउडको ‘एभेन्जर्स एन्डगेम’ छ जसको आम्दानी ५७९.८३ मिलियन डलर छ । शीर्ष २० मा रहेका बाँकी फिल्महरू सबै घरेलु निर्माण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?