+
+
Shares
कान्स फिल्म फेस्टिभल :

कान्सको लाइनअप घोषणा, ‘मिसन इम्पोसिबल’ वर्ल्ड प्रिमियर हुने

सन् २०२५ को संस्करण हलिउड स्टारहरूको भव्य उपस्थितिसहित चम्किने तयारीमा छ । हलिउड स्टार टम क्रूज ‘मिसन इम्पोसिबल- द फाइनल रेकनिङ’को रेडकार्पेटमा देखिनेछन्, जुन फिल्म गैरप्रतिस्पर्धा विधामा प्रिमियर हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते २०:३४

पेरिस । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल २०२५ मा छनोट हुने फिल्मको लाइनअप घोषणा भएको छ । महोत्सव निर्देशक थिएरी फ्रेमोक्सले पेरिसको यूजीसी मोन्टपार्नासे सिनेमामा आयोजित पत्रकार सम्मेलनमा आधिकारिक छनोटबारे बताए ।

यसवर्षको प्रतिस्पर्धामा अनुभवी लेखकहरू र उदयीमान निर्देशकहरूको मिश्रण देखिन्छ । वेस एन्डरसन, रिचर्ड लिंकलेटर, एरी एस्टर, जुलिया डुकोर्नाउ, केली रिचड्र्ट र अन्य कलाकारका फिल्मले प्रतिष्ठित पाल्मे डी’ओरको लागि प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०२५ को संस्करण हलिउड स्टारहरूको भव्य उपस्थितिसहित चम्किने तयारीमा छ । हलिउड स्टार टम क्रूज ‘मिसन इम्पोसिबल- द फाइनल रेकनिङ’को रेडकार्पेटमा देखिनेछन्, जुन फिल्म गैरप्रतिस्पर्धा विधामा प्रिमियर हुनेछ ।

बिहीबार घोषणा गरिएका १९ फिल्ममध्ये यस वर्ष ६ जना महिला फिल्म निर्माताहरूले मुख्य विधामा स्थान बनाएका छन् । जसमा जुलिया डुकोर्नाउ, केली रिचाड्र्ट, हाफसिया हर्जी, कार्ला साइमन, ची हायाकावा र मास्चा शिलिन्स्की छन् ।

महोत्सव निर्देशक फ्रेमोक्सले यस वर्ष २,९०९ फिचर फिल्मको आवेदन प्राप्त भएको र यो कीर्तिमान रहेको बताए । दुई पटकका पाल्मे डी’ओर विजेता डार्डेन ब्रदर्स ‘द योङ मदर्स होम’ लिएर फर्किएका छन् । पाल्मे डी’ओरको लागि प्रतिस्पर्धा गर्ने उनीहरूको यो दशौं पटक हुनेछ, जुन उनीहरूले पहिले १९९९ मा ‘रोसेटा’ र २००५ मा ‘द चाइल्ड’सँग दुई पटक जितेका थिए ।

सन् २०१८ मा ‘थ्री फेसेस’का साथ कान्समा पछिल्लोपटक सहभागी भएका अनुभवी इरानी निर्देशक जाफर पनाही, ‘अन्डर–द–राडार अ सिम्पल एक्सिडेन्ट’ लिएर फर्किएका छन् । जुलिएट बिनोचेले प्रतिस्पर्धाको निर्णायक मण्डलको अध्यक्षता गर्नेछिन् भने रोबर्ट डी निरोले मानार्थ पाल्मे डी’ओर प्राप्त गर्नेछन् ।

एमेली बोनिनको फिल्म ‘लिभ वन डे’ ओपनिङ फिल्मको रुपमा छ । फेस्टिभलको ७८ औं संस्करण मे १३ देखि २४सम्म फ्रान्समा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?