+
+
Shares

त्रिवि उपकुलपतिविहीन हुँदा रोकियो प्रशासनिक काम

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते ९:१५
त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय । फाइल फोटो

२९ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति विहीन भएको छ । प्रा.डा. केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिवि उपकुलपति विहीन भएको हो। बरालले १५ चैतमा राजीनामा दिएका थिए ।

उनको राजीनामा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी ओलीले स्वीकृत गरे । बरालको राजीनामा स्वीकृत भएपनि निमित्त उपकुलपति तोकिएको छैन।

त्रिवि नियम अनुसार तीन महिनासम्म रेक्टरलाई निमित्त दिने सकिने छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार बरालको राजीनामा स्वीकृत भए पनि स्वीकृत भएको पत्र प्रा. डा.  बरालले बुझ्न बाँकी भएकाले निमित्त नतोकिएको हो । राजीनामा स्वीकृत भएको पत्र मेलबाट पठाउन बरालले भनेका छन् । ‘म पत्र बुझ्न आउँदिनँ । मेलबाट पठाउन भनेको छु,’ बरालले भने ।

चार वर्षको कार्यकाल भए पनि बरालले १३ महिनामै राजीनामा दिएर पोखरा गएका छन् ।

त्रिविमा उपकुलपति नहुँदा प्रशासनिक काम रोकिएको छ । उपकुलपति नभएपछि प्रशासनिक काम रोकिएको कर्मचारीहरू बताउँछन् ।

बरालले नै नियुक्तिको लागि सिफारिस गरेका रेक्टर प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल छन् । बरालको राजीनामा पछि केसी र रिजाललाई पनि राजीनामा दिन दबाब परेको छ ।

कुलपति ओलीले निमित्त तोकेमा रेक्टर केसीले जिम्मेवार पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?