+

एनआरटीको नेतृत्वमा सुन्दर र किशोरको दाबेदारी

२०८१ चैत  २९ गते ११:२७ २०८१ चैत २९ गते ११:२७
एनआरटीको नेतृत्वमा सुन्दर र किशोरको दाबेदारी

२९ चैत, काठमाडौं । नेपालको पुरानो खेल मध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन भोली शनिबार हुने भएको छ।

११ सदस्यीय कार्यसमितिका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यसैगरी उपाध्यक्ष पदमा नविन सुवाल र गौतम बहादुर मालाकार विच प्रतिस्पर्धा हुने भएको छ भने महासचिवमा डिकेन सुवाल र सतिश कृष्ण श्रेष्ठ भिड्ने भएका छन्।

सचिवमा भने सुरेन्द्र कुमार श्रेष्ठ निर्विरोध भएका छन्। कोषाध्यक्षमा अनुज सिंह प्रधान र किरण शमशेर राणा प्रतिस्पर्धामा उत्रिएका छन्।

त्यसैगरी ६ सदस्यीय सदस्य पदमा १० जनाले उम्मेदवारी दिएका छन्। जसमा मुरारी केसी, सुनिलभक्त जोशी, अमर श्रेष्ठ, श्याम नारायण माली, राजेन्द्र शाक्य, सर्वज्ञरत्न मानन्धर, योगेन्द्र मान श्रेष्ठ, सुन्दर थापा क्षेत्री, प्रज्वलकान्त मैनाली र अगम मान गुभाजु रहेका छन्।

एनआरटी निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय