
२९ चैत, काठमाडौं । बजारमा लोकल काँक्रो र रातो बन्दाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले शुक्रबार लोकल काँक्रो र रातो बन्दाको भाउ बढेको देखाएको हो ।
आज रातो बन्दाको प्रतिकिलो थोक मूल्य ३५ रुपैयाँले बढेको छ । बिहीबार रातो बन्दा प्रतिकिलो ४० रुपैयाँमा किनबेच भएको थियो । आज भने रातो बन्दाको प्रतिकिलो मूल्य अधिकतम ८० रुपैयाँ र औसत ७५ रुपैयाँ कायम छ ।
लोकल काँक्रो किलोको १०५ रुपैयाँ
बजारमा लोकल काँक्रोको पनि मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले शुक्रबारका लागि सार्वजनिक गरेको मूलयसूचि अनुसार लोकल काँक्रोको प्रतिकिलो थोक मूल्यमा १५ रुपैयाँ वृद्धि भएको छ ।
बिहीबार लोकल काक्रो प्रतिकिलो ९० रुपैयाँमा कारोबार भएको थियो । आज भने लोकल काँक्रो प्रतिकिलो १ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4