+
+
Shares

‘अब बाई एन्ड सेलबाट मेक एन्ड सेलमा जाने बेला भएको छ’

‘हामी नेपालीले अब किनेर बेच्ने होइन, बनाएर बेच्ने बेला आयो भनेर सोच्ने बेला भइसकेको छ । ‘मेक एन्ड सेल’ कन्सेप्टबाट अगाडि बढ्नुपर्ने बेला आइसकेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १२:१९

२९ चैत, काठमाडौं । नेपालमा लोकप्रिय रहेको हुन्डाईले पछिल्लो समय नेपालमै गाडी उत्पादन गरिरहेको छ । नेपालमै प्लान्ट स्थापना गरेर ‘मेड इन नेपाल’को अवधारणामा अगाडि बढिरहेको हुन्डाईको नेपाली आयातकर्ता लक्ष्मी ग्रुपअन्तर्गत हुन्डाई कारको बिक्री तथा सञ्चालन प्रबन्धक दीपक थपलियासँग कसरी नेपालमै गाडी उत्पादन भइरहेको छ भन्ने विषयमा गरिएको कुराकानी ।

तपाईंहरू किन हुन्डाईको एसेम्ब्ली प्लान्टलाई ‘मेड इन नेपाल’ भन्नुहुन्छ ? यो त केवल ‘एसेम्बल्ड इन नेपाल’ होइन र ?

धेरैले सोच्छन् कि, हामी यहाँ गाडीहरू केवल एसेम्बल गरिरहेका छौं, तर त्योभन्दा धेरै गहिरो कुरा छ । हामी मेड इन नेपाल भन्नुका पछाडि यस्ता कारण छन् :

हाम्रो प्लान्टमा ५ सयभन्दा बढी नेपाली जनशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

नेपाली इन्जिनियरले केवल एसेम्ब्लिङ मात्र होइन, सिस्टम डेभलपमेन्ट, प्रोसेस सिस्टम डेभलपमेन्ट, प्रोसेस इम्प्रुभमेन्ट, डाइग्नोस्टिक अपडेट र कोडिङमा समेत योगदान गर्दै आएका छन् ।

समय–समयमा ब्रेनस्टोर्मिङ गरी प्रोसेस अझ इफिसिएन्ट बनाउने काम पनि गर्दैछन् ।

एक उदाहरण लिनुस्, यदि तपाईंले पिज्जा को सबै इन्ग्रिडियन्ट इटालीबाट ल्याउनुभयो वा केएफसीको चिकेन ब्राजिल वा इन्डियाबाट ल्याउनुभयो तर नेपालमै कुकले बनाएपछि त्यो चाहिँ मेड इन नेपाल मानिन्छ, होइन र ?

त्यस्तै, हामीले पार्ट्स ल्याउँछौं, तर यहाँ भ्यालु एडिसन गर्छौं, सिस्टम इप्रुभमेन्ट गर्छौं, टेस्टिङ रिफाइमेन्ट र लोकल स्किल डेभलपमेन्टमा काम गर्छौं ।

हामीले गर्ने काम कुनै साधारण वर्कसप एसेम्ब्ली होइन, यो त इन्डस्ट्रियल प्रोडक्सन नै हो । त्यसैले गर्वसाथ भन्न सक्छौं, एस इट इज ट्रुली मेड इन नेपाल ।

अहिलेको विश्व प्रवृत्ति एसेम्ब्ली प्लान्टका तर्फबाट मोडिँदै छ । नेपालमा तपाईंहरूको इनिसिएटिभको महत्त्व के हो ?

विश्व अहिले सेल्फ सफिसेन्सी र लोकलाइज्ड प्रोडक्सन मा जोड दिइरहेको छ । हामीले स्थापना गरेको हुन्डाई एसेम्ब्ली प्लान्टले यही ग्लोबल ट्रेन्डलाई नेपालमा स्थापित गरेको छ । हाम्रो काम गर्ने ढाँचा पनि इन्टरनेसनल हुन्डाई मोटर कम्पनी अनुसार नै छ ।

एसेम्ब्ली सप र टेस्ट सप नेपालमै हुन्छ । प्रेस सप र पेन्ट सप भारतमा छ, जुन थप पार्टी मानिन्छ । यस्तै प्रोसेस अहिले भारत, मलेसिया वा युरोपमा चलिरहेको हुन्छ । प्रोसेस एउटै हो, फ्याक्ट्रीको साइज मात्रै फरक हुन्छ । यसकारण हाम्रो एसेम्ब्ली प्रोसेस पनि इन्टरनेसनल स्तरकै हो, र हामी गर्व गर्छौं कि यस्तो काम हामीले नेपालमै गर्न सकेका छौं ।

एसेम्ब्ली प्लान्टमा काम गर्ने जनशक्तिलाई कस्तो खालको प्रशिक्षण दिइन्छ ?

हाम्रो वर्कफोर्सले विशेष तालिम प्राप्त गर्छन् ।

प्रशिक्षणका प्रकार यस्ता छन् :

हुन्डाईको इन्टरनेसनल स्ट्यान्डर्ड हुन्डाई मोटर कम्पनी अनुसार स्थानीय तथा विदेशी प्रशिक्षकहरूसँग सहकार्य

एसेम्बली प्रोसेस, सेफ्टी क्वालिटी कन्ट्रोल, लिन थिंकिङ र टेक्निकल डाइग्गोस्टिकमा एक्सपर्टिज प्रदान

टिम वर्क, प्रडक्टभिटी र एसओपी अनुसार काम गर्ने क्षमता विकास

यसले हाम्रो जनशक्तिलाई केवल लेबर नभएर स्किल्ड म्यानपावर बनाएको छ ।

नेपालमा युवा विदेश पलायन भइरहेका बेला तपाईंहरूले यस्तो इनिसिएटिभ सुरु गर्नुभयो । आलोचकहरूलाई के भन्नुहुन्छ ?

जब हामीले यो इनिसिएटिभ सुरु गर्‍यौं, धेरैले शंका गरे, विशेषगरी अरू ब्रान्डले ।

यसका कारणमा :

टेक्निकल एक्सपर्टिज नेपालमा छैन ।

लङ टर्म भिजन भेरी फिउ ब्रान्ड्स फ्रम नेपाल ह्याज एन्ड प्राक्टिस्ड

ईभी चीन र भारतबाट ल्याए बेच्न सजिलो र तुरन्त फाइदाजनक देखिन्छ ।

नेपालको आर्थिक अवस्था अहिले धिमा र अटोमोटिभ सेक्टर विशेषगरी यो एसेम्ब्ली सेक्टरमा शतप्रतिशत भन्दा बढी ग्रोथ देखिएको छ । तर, धेरैले यो मौका सर्ट टर्म सेलिङका रूपमा हेरेका छन् । हामी भन्छौं कन्ट्री बिल्डिङ वन्ली ह्यापन्स ह्वेन वि बिल्ड समथिङ, नट जस्ट सेल ।

हुन्डाई नेपालको एसेम्ब्ली प्लान्ट अन्य देशसँग तुलना गर्दा कहाँ उभिन्छ ?

नेपालको बजार सानो भए पनि प्रक्रिया र प्रविधिका हिसाबले हामी कुनै पनि साउथ एसियन एसेम्ब्ली प्लान्टभन्दा कम छैनौं ।

प्रोसेस युनिफर्मिटी : भारत, कोरिया वा नेपाल जहाँसुकै एसेम्ब्ली होस्, प्रोसेसको एसओपी हुन्डाई ग्लोबलले तय गर्छ । हामी यहाँ यही प्रक्रिया अपनाउँछौं ।

टेस्टिङ सप र क्वालिटी गेट : हामी नेपालमै फाइनल टेस्टिङ गर्दैछौं । जुन आइएसओ–लेभल प्रोसस अनुसार सञ्चालन हुन्छ ।

इन्जिनियर इन्भल्भमेन्ट : यहाँका इन्जिनियरहरूले डाइग्नोस्टिक कोडिङ, टुल क्यालिब्रेसन, फल्ट म्यापिङ, टेस्टिङ सफ्टवेयर अपडेटमा सिधा काम गर्छन्, जुन भारत वा कोरियामा हुने प्रोससभन्दा भिन्न छैन ।

हाल कुन–कुन गाडी एसेम्बल हुँदैछन्, तपाईंहरूको उत्पादन लक्ष्य कति हो ?

अहिले हामीले दुई मोडेल उत्पादन गरिरहेका छौं– हुन्डाई भेनु र हुन्डाई क्रेटा

हाम्रो यस वर्षको उत्पादन लक्ष्य १२ सय युनिटभन्दा बढी गाडीको रहेको छ । आगामी वर्ष झन थप्ने लक्ष्य छ ।

सरकार वा अन्य सरोकारवालाबाट कस्तो सहयोगको अपेक्षा छ ?

हामी चाहन्छौं सरकार तथा नीति निर्माताले स्थानीय उत्पादनमा प्राथमिकता देओस् । यसले निम्न कुरामा सहयोग गर्छ :

रोजगारी सिर्जना, सिप विकास, विदेशी मुद्रा बचत, स्थानीय औद्योगिक इकोसिस्टमको विस्तार ।

हामीले अहिले नै महसुस गरिरहेको के छ भने ब्याट्री, सिट अपहोल्स्ट्री, वायरिङ, टायर आदि नेपालमै बनाउन सकिन्छ ।

यस्ता सम्भावना तबमात्र थाहा हुन्छ, जब तपाईं पोखरीभित्र पसेर हेर्नुहुन्छ, बाहिर बसेर अनुमान गर्दा होइन ।

त्यसैले हामी सबै आयातकतालाई पनि अनुरोध गर्छौं, आयातमात्र होइन, उत्पादनमा पनि रिसोर्स एलोकेट गर्नुहोस् ।

ईभीको भविष्य हेर्दा एसेम्ब्लीभन्दा सिधै आयात गर्न सजिलो होइन र ?

ईभी आयात सजिलो देखिन सक्छ तर दिगो समाधान होइन । इम्पोर्ट वन्ली मोडेलमा देशले केवल मिडिलम्यानको मार्जिन कमाउँछ तर लङ टर्ममा टेक्निकल नो हाउ इम्प्लोपमेन्ट र इनोभेसन डेभलपमेन्ट गुमाउँछ ।

एसेम्ब्ली र लोकल उत्पादनले ईभीको इकोसिस्टमको जनशक्ति विकास गर्छन् । सरकारले पनि मेक इन नेपालमा जोड दिए पनि सब्सिडी र सपोर्ट प्रपर च्यानलमा जान सक्छ ।

भविष्यमा हुन्डाई नेपालले कुन–कुन क्षेत्रलाई प्राथमिकता दिने योजना बनाएको छ ?

हामीले भविष्यमा हेरेका प्राथमिकताका क्षेत्रहरू :

ईभी एसेम्ब्ली : ब्याट्री ईभीको स्थानीय एसेम्ब्ली नेपालमै गर्ने

कम्पोनेन्ट लोकलाइजेसन : ब्याट्री प्याक हाउजिङ, इन्फोटेन्मेन्ट फ्रेम, प्लास्टिक ट्रिम्स, कार्पेट, सिट फोम आदि नेपालमै बनाउने सम्भावना खोज्ने ।

ट्रेनिङ ऐकेडेमी : स्क्लिड टेक्निसियनको नियमित अपस्किलिङ प्लेटफर्म सुरु गर्ने

एक्स्पर्ट पोटेन्सियल : इफ पोलीसी सर्पोट्स, मेड इन नेपाल भेइकललाई भुटान, तिब्बत आदि समान भूगोल भएका देशमा निर्यात गर्ने प्रयास ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?