+
+
Shares
मनोरञ्जन २०८१ :

२०८१ सालमा दयाहाङका ७ फिल्ममध्ये ४ मात्र व्यवसायिक सफल

प्रदर्शनमा आएकामध्ये ४ फिल्म व्यवसायिकरुपमा सफल रहे भने ३ फिल्म असफल । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार प्रदर्शनमा आएकामध्ये ‘अञ्जिला’ सर्वाधिक कमाउने दयाहाङको फिल्म बन्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १२:२५
फिल्म 'घरज्वाइँ'को एक दृश्यमा दयाहाङ राई ।

काठमाडौं । २०८१ सालमा अभिनेता दयाहाङ राईका ८ फिल्म रिलिज भए । बक्सअफिसको प्राविधिक कारणले ‘पिताम्बर’ यसवर्ष गणना हुनेछैन । एउटै कलाकारका यति धेरै फिल्म एकैवर्षमा प्रदर्शनमा आएका हुन् ।

प्रदर्शनमा आएकामध्ये ४ फिल्म व्यवसायिकरुपमा सफल रहे भने ३ फिल्म असफल । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार प्रदर्शनमा आएकामध्ये ‘अञ्जिला’ सर्वाधिक कमाउने दयाहाङको फिल्म बन्यो ।

यो फिल्म यसवर्ष धेरै कमाइ गर्ने शीर्ष १० सूचीको ५ औं स्थानमा छ । यो फिल्मको कमाइ ७ करोड ५० लाख रुपैयाँ ग्रस छ । ‘घरज्वाइँ’ दोस्रो धेरै कमाउने फिल्म बन्यो जसको कूल कलेक्सन ५ करोड ९ लाख छ ।

‘मनसरा’ ४ करोड ७८ लाख रुपैयाँसहित दयाहाङको धेरै कमाउने तेस्रो फिल्म बन्यो ।

व्यवसायिक कोणबाट दयाहाङ अभिनित ३ फिल्म घरेलु बक्सअफिसमा असफल रहे । जसमा कार्साङ (१ करोड ४८ लाख), ‘दुखी आत्मा’ (७१ लाख २६ हजार) र ‘राजागञ्ज’ (१६ लाख २१ हजार) छन् ।

‘पिताम्बर’ पनि यसवर्ष रिलिज हुने दयाहाङको पछिल्लो फिल्म हो तर यसको कलेक्सन गणना आगामी वर्ष हुनेछ । दयाहाङ शीर्ष भूमिका हुने फिल्म ‘कबड्डी ५’ र ‘जारी २’ आगामी वर्ष निर्माण हुने फिल्ममध्ये पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?