
२९ चैत, काठमाडौं । थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
२६ किलो १० ग्राम गाँजासहित २ जना र १० किलो गाँजासहित १ जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
२६ किलो गाँजासहित प्रहरीले भारतीय नागरिक ३१ वर्षीय रामकुमार र ३८ वर्षीय पडिन्हेर चदिपुरयजेएललाई पक्राउ गरेको छ । उनीहरू थाई एअरको उडानमार्फत् बैंककबाट काठमाडौं आएका थिए ।
त्यसैगरी १० किलो गाँजासहित प्रहरीले भारतीय नागरिक २५ वर्षीय इर्फान अहमद कासलिपारम्बिल बशिरलाई पक्राउ गरेको छ ।
उनी बिहीबार थाई एअरको विमानमार्फत काठमाडौं आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4