
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नेपाली फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ प्रदर्शनमा आएका छन् । विपिन कार्की स्टारर ‘कर्मा’ र प्रदीप खड्का स्टारर ‘पिताम्बर’ दुवै फिल्मको जनरा एक्सन हो ।
सनी देओल स्टारर भारतीय एक्सन फिल्म ‘जाट’ बिहीबारदेखि नै रिलिज भएको छ । ‘पिताम्बर’ १७० शो र ‘कर्मा’ १२४ शोसहित प्रदर्शनमा आएका हुन् । ‘जाट’ले चाहिँ शुक्रबार १०३ शो पाएको थियो ।
‘कर्मा’ र ‘पिताम्बर’ दुबैको बिहानी अकुपेन्सी न्यून रह्यो । मध्यान्ह र बेलुकीका शोको अकुपेन्सीमा वृद्धि हुने अपेक्षा गरिएको छ । दिउँसो १ बजेसम्म देशब्यापी अकुपेन्सी हेर्दा ‘पिताम्बर’को अकुपेन्सी २० प्रतिशत हाराहारीमा हुँदा ‘कर्मा’को १० देखि १५ प्रतिशत देखिन्छ । अपरान्ह र बेलुकीका शोजको अकुपेन्सी क्रमशः वृद्धि हुने क्रममा छ ।
हलबाट दर्शकको प्रारम्भिक प्रतिक्रिया आउने क्रममा छ । दुवै एक्सन फिल्म भएकाले दर्शकको प्रतिक्रिया कस्तो आउँछ भन्ने ब्यापक पर्खाइ छ । किनभने, यी दुवै फिल्मले प्रचार सामग्रीबाट दर्शकमाझ हाइप बनाएका थिए ।
शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको ‘वसन्त’ ५५ शोमा खुम्चिएको छ । ‘अञ्जिला’ले यो शुक्रबार देशब्यापी ४२ शो पाएको छ । प्रकाश सपुतको ‘वसन्त’को शो संख्यामा आधाभन्दा धेरै गिरावट देखिन्छ ।
प्रतिक्रिया 4