
२९ चैत, रुपन्देही । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा सुरु भएको छ ।
शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालय हलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महाधिवेशनको उद्घाटन गरेका हुन् ।
महाधिवेशमा सहभागी अतिथिलाई थारू र नेवारी गीतबाट स्वागत गरिएको थियो ।
कार्यक्रममा संघीय फोनिजको स्मारिका विमोचन गरिएको छ भने काठमाडौंको क्यालेण्डर विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पृथ्वीसुबा गुरूङले विमोचन गरे।
कार्यक्रममा फोनिजमा रही योगदान पुर्याएका पत्रकारहरूलाई सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन चौधरीले गणतन्त्रमा पत्रकारलाई जिउँदै जलाउनु लोकतन्त्रमाथिको प्रहार भएको बताए । उनले भने, ‘ पत्रकारहरू गणतन्त्रमा जिउँदै जलाइनु लोकतन्त्रको अपमान हो। जुनसुकै समूह होस्, गणतन्त्रमा हिंसात्मक प्रदर्शन गर्न मिल्दैन।’
लुम्बिनीमा आयोजित कार्यक्रममा फोनिजकका संघीय समिति, , ८ प्रदेश, ६६ जिल्ला, ८ जातिय संस्थागत सदस्य र ८ प्रवास समितिबाट ५१७ जना प्रतिनिधिहरु तथा पर्यवेक्षकहरू उपस्थित भएका छन् ।
फोनिजको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया 4