+
+
Shares

प्रसाईं पक्राउबारे गृहमन्त्रीले गराए संसदीय समितिमा जानकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १३:५४

२९ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेकोबारे संसदीय समितिलाई जानकारी गराएका छन् ।

शुक्रबार बसेको कानुन, न्याय तथा संसदीय समितिको बैठकमा उक्त घटनाबारे ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हो दुर्गा प्रसाईंजी पक्राउ पर्नुभएको छ । उहाँ पक्राउ पर्नुभएको छ । र अनुसन्धान जारी छ,’ उनले भने ।

गृहमन्त्री लेखकले सो घटनामा अरु पनि पक्राउ पर्ने क्रम अघि जानसक्ने बताए ।

‘पक्राउ पर्ने क्रम पनि निरन्तर अघि जानसक्छ । कोको मान्छेको भूमिका देखिन्छ, त्यही ढंगले अनुसन्धान हुन्छ । कानुनी कारबाही हुन्छ,’ गृहमन्त्री लेखकले भने ।

उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजीलाई जुनसुकै शब्द र भाषाले पनि अगाडि बढ्ने कुरा उचित नहुने ब्रिफिङका क्रममा भनेका छन् ।

प्रसाईंलाई बिहीबार राति भारतबाट नियन्त्रणमा लिएर झापा हुँदै अहिले काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?