
२९ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं तारकेश्वरको हिमाली टाइगर सुज एन्ड स्लिपर प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले बिहीबार नियमित अनुगमन अन्तर्गत ८ उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा तारकेश्वर नगरपालिका–३ चिसापानीको हिमाली टाइगर सुज एन्ड स्लिपलाई २ लाख जरिबाना तिराएको हो ।
अनुगमन क्रममा विभागले लेबल र एमआरपी नराखी सामान बिक्री गरेको पाइएपछि जरिबाना तिराएको जनाएको छ । साथै, विभागले उद्योगबाट उत्पादित वस्तुहरूमा एमआरपी सहितको लेबल लगाएर बिक्री गर्न निर्देशन पनि दिएको छ ।
विभागले अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।
विभागले उपभोक्ता हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ ।
प्रतिक्रिया 4