
फाइल तस्वीर
२९ चैत, काठमाडौं । २ लाख अमेरिकी डलरभन्दा बढी लगानी गर्ने वैदेशिक लगानीकर्तालाई घर वा फ्ल्याट किन्न दिन पाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वैदेशिक लगानीकर्तालाई सहज वातावरण तयार गर्न २ लाख डलरभन्दा बढी लगानी गर्ने वा नेपालको बैंकमा निक्षेप राख्ने लगानीकर्ताका लागि निश्चित सर्त अधीनमा आवास प्रयोजनका लागि घर वा फ्ल्याट खरिद गर्न पाउने व्यवस्था गर्न सुुझाव दिएको हो ।
यस्तै आयोगले दर्तावाला एजेन्सीबाट मात्रै घरजग्गाको व्यावसायिक कारोबार गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4