+

ड्रिम खो खो लिगको उपाधि नेचर नेष्ट टाइगर्सलाई

२०८१ चैत  २९ गते १५:१२ २०८१ चैत २९ गते १५:१२
ड्रिम खो खो लिगको उपाधि नेचर नेष्ट टाइगर्सलाई

काठमाडौं । नेपाल मै पहिलोपटक आयोजना भएको खो खो लिग ‘ड्रिम खो खो’ को उपाधि नेचर नेष्ट टाइगर्सले जितेको छ ।

नेपाल खो खो संघको आयोजनामा बर्दियाको ठाकुरबाबा नगरपालिका २ रानिपुरमा भएको प्रतियोगिताको फाइनलमा विकासप्रेमी ब्ल्याक बक (बर्दिया) लाई ४६-४२ अंकले पराजित गर्दै नेचर नेष्ट टाइगर्स (ठाकुरबाबा) च्याम्पियन बनेको हो ।

लिगमा नेचर नेष्ट टाइगर्सले विजेता, विकासप्रेमी ब्लयाक बक उपविजेता र कन्चन गैँडहवा तेस्रो भएको नेपाल खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले जानकारी दिए ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबा नगरपालिकामा भएको खोखो लिगमा पाँच टिमको सहभागिता रहेको थियो ।

च्याम्पियन नेचर नेष्ट टाइगर्सले शिल्डसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता विकासप्रेमी ब्ल्याक बक (बर्दिया) ले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको खो खो संघका वरिष्ठ उपाध्यक्ष शाहिले जानकारी दिए ।

गर्ने ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले माघमा भारतको नयाँ दिल्लीमा भएको पहिलो खो खो विश्वकपमा आफ्नो पालिकाबाट मात्रै १२ जना खेलाडीको सहभागीता रहेको बताउँदै नेपाल पहिलोपटक भएको खो खो लिग पनि बर्दियाको ठाकुरबाबामा संचालन गर्ने अवसर मिलेकोमा खुसि व्यक्त गरे । उनले आगामी दिनमा सबै किसिमका खेल क्षेत्रमा पनि लगानी गर्दै विकास गर्न प्रतिबद्धता व्यक्त गरे ।

नेपाल खो खो संघको आयोजना, लुम्बीनी प्रदेश खोखो संघको ब्यवस्थापन, मुख्य प्रबर्दक ठाकुरबाबा नगरपालिका तथा प्रदेश खेलकुद परिषद् लुम्बीनीको प्रर्वधनमा खेलकुद संचालन गरिएको थियो । २०७० सालदेखि ठाकुरबाबा नगरपालिकामा खो खो खेलको प्रवर्धन गर्न सुरु गरिएको थियो ।

चैत २४ गतेदेखि सुरु भएको ड्रिम खो खो लिग चरणको प्रतियोगितामा नेचर नेष्ट टाइगर्स (ठाकुरबाबा), विकासप्रेमी ब्ल्याक बक (बर्दिया), कन्चन गैडहवा रोयल्स (रुपन्देही), डेलिकन्ट्रक्सन राइनोज (बाँसगढी) र सुदुरपश्चिम किँग्स (धनगढी) गरि ५ टिम सहभागी थिए ।

खो खो संघका उपाध्यक्ष शाहीले खेलकुदका क्षेत्रमा नेपालमा अझैपनि सम्पुर्ण लगानी कर्ताबाट लगानी हुन नसकेको बताउँदै खेलकुदबाट अनुशासन र शारीरिक स्वास्थ्य तथा ब्यवसायिकता लगायत सम्पुर्ण पक्ष सवल हुने भएकाले लगानी वृद्धि गर्नुपर्ने बताए ।

खो खो लिग ड्रिम खो खो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय