+
+
Shares

बिहारमा असिना पानीका कारण ३८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १५:१६
Photo Credit : Pixabay

२९ चैत, नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण ३८ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गरेका छन् ।

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ ।

मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?