+
+
Shares

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन बनाउन १ करोड ६८ लाख खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १७:४३

२९ चैत, काठमाडौं । अर्थतन्त्र सुधारका लागि सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन तयार पार्न डेढ करोड रुपैयाँभन्दा धेरै खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार आयोगमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता, सचिवालय सञ्चालन खर्चबापत १ करोड ६८ लाख भन्दा बढी रकम रकमान्तर निकासा गरिएको हो ।

उक्त रकम अर्थ मन्त्रालय र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका नाममा रकमान्तर निकासा दिइएको छ ।

आयोगले शुक्रबार मात्र आफ्नो प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको छ । आयोगले चालु खर्च कटौती, विभिन्न निकाय खारेज, ऐन खारेजी तथा नयाँ ऐन निर्माण सहित सुझाव सरकारलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?