+
+
Shares

सरकार र शिक्षक महासंघबीच वार्ता जारी

बिहीबारको वार्ता सकारात्मक भएपछि शुक्रबार पनि दुवै पक्षले सहमतिको बिन्दु खोजिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १९:२७

२९ चैत, काठमाडौ । सरकार र शिक्षक महासंघबीच वार्ता चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भइरहेको हो ।

बिहीबारको वार्ता सकारात्मक भएपछि शुक्रबार पनि दुवै पक्षले सहमतिको बिन्दु खोजिरहेका छन् । मन्त्रालय स्रोतका अनुसार आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी छैनन् ।

मन्त्री भट्टराई विद्यालय शिक्षा विधेयकमा दफावार छलफलमा भएकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा वार्ता बसिरहेको हो । शिक्षकको तर्फबाट महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको टिम सहभागी छ ।

‘हिजो पनि छलफल भएको छ । सकारात्मक छ । आज पनि छलफल भइरहेको छ,’ शिक्षामन्त्रालय स्रोतले भन्यो । कानुन निर्माणबाहेक तत्काल शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा सरकार लचक भएको छ ।

‘बजेट कार्यक्रमले सम्बोधन गर्ने विषय छन । निजामती सरह सेवा सुविधाको कुरा छ । तलब भत्ता ग्रेडको कुरा छ । बजेट तर्जुमामा छौं । यी विषय संवाद भइरहेको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरण गरेर पठाउनुपर्ने हुन्छ । अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको छ,’ मन्त्रालयका एक अधिकारिले भने ।

कानुन नबनाई मन्त्रालय र क्याबिनेटबाट निर्णय गरेर हुने विषयमा सरकारले गर्ने र संसद्को आगामी अधिवेशनमा विधेयक पेस गर्ने गरी छलफल अगाडि बढेको छ । यद्यपि, महासंघले विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन जारी गर्न माग गरिरहेको छ ।

देशभरबाट काठमाडौं आएका शिक्षकहरू २० चैतदेखि दिनहु प्रदर्शन गरिरहेका छन् । आन्दोलनको अगुवाई महासंघले गरिरहेको छ । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । ‘आन्दोल्न रोकिँदैन । परिणाम ननिस्किएसम्म सडक आन्दोलन जारी रहन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?