+

हिजाजीको ह्याट्रिकमा काठमाडौं रेजर्सविरुद्ध जित निकाल्दै धनगढी शीर्ष स्थानमा

२०८१ चैत  २९ गते २०:१७ २०८१ चैत २९ गते २०:१७

पहिलो हाफमै अहमद हिजाजीले सानदार ह्याट्रिक गरेपछि काठमाडौं रेजर्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै धनगढी एफसी एनएसएल २०२५ को शीर्ष स्थानमा उक्लिएको छ ।

हिजाजीको ह्याट्रिकमा काठमाडौं रेजर्सविरुद्ध जित निकाल्दै धनगढी शीर्ष स्थानमा

२९ चैत, काठमाडौं । अहमद हिजाजीले सानदार ह्याट्रिक गरेपछि काठमाडौं रेजर्सविरुद्ध ३–१ को पुनरागमन जित निकाल्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) २०२५ को शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हिजाजीले पहिलो हाफमा दश मिनेट अन्तरमा ह्याट्रिक गरेपछि धनगढीले पुनरागमन गर्दै ३ अंक जोडेको हो । हिजाजीले यस स्करणमा पहिलो ह्याट्रिक गरेका हुन् ।

जितपछि ४ खेलबाट ८ अंक जोडेको धनगढी समान अंक भए पनि गोल अन्तरमा ललितपुर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

काठमाडौंको यो दोस्रो हार हो । यस हारपछि काठमाडौंको प्लेअफ पुग्ने यात्रामा धक्का लागेको छ । काठमाडौंले अब चितवनसँग अन्तिम खेल खेल्न बाँकी छ । सो खेल जिते पनि ८ अंक मात्र हुनेछ । यस्तोमा काठमाडौंले अन्य खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

शुक्रबारको खेलमा अग्रता भने काठमाडौंले लिएको थियो । अमादोउ डिओपले २२औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । तर, त्यो अग्रता लामो समय कायम रहन सकेन ।

धनगढी पहिलो हाफमै खेलमा फर्कियो । हिजाजीले ३५औं मिनेटमा धनगढीका लागि बराबरी गोल फर्काए । यस्तै ४१औं मिनेटमा हिजाजीले नै गोल गरेपछि धनगढीले खेलमा पहिलो पटक अग्रता लियो ।

हिजाजी यतिमै रोकिएनन् । पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै धनगढीलाई ३–१ को अवस्थामा पुर्‍याए । दोस्रो हाफमा थप कुनै गोल नहुँदा धनगढीले खेल ३–१ ले जित्यो ।

अहमद हिजाजी एनएसएल २०२५ नेपाल सुपर लिग २०२५

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय