+
+
Shares

ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा ठूलो होला जस्तो छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते ११:१०

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्व डरलाग्दो अवस्थामा अघि बढेको बताएका छन् ।

अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको ट्यारिफ युद्ध निकै खतरनाक भएको बताउँदै उनले यसबार नेपाल अछुतो रहन नसक्ने बताएका हुन् ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ट्रयारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने उनको बुझाइ छ । ‘विश्व जसरी ट्रयारिफ वारमा गइराखेको छ, त्यसले नेपाल अछुतो रहन सक्दैन’, उनले भने, ‘अमेरिका र चीनको ट्यारिफको युद्ध भइरहेको छ, सबै देशमा भइरहेको छ । यो तेस्रो वर्ल्डवारभन्दा ठूलो होला जस्तो देखिन्छ ।

उनले यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको बताएका छन् । नेपालको स्वास्थ्य संस्थामा कसरी सुलभ सेवा दिने भन्नेबारे पनि सोच्नु पर्ने बेला भएको उनको भनाइ छ ।

उनले नेपालका स्वाथ्य संस्था कसरी आफ्नै खुट्टामा उभिने भन्ने बारे सिक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?