+
+
Shares

सिद्धबाबा मन्दिरनजिक कारमाथि खस्यो ढुंगा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १२:११

३० चैत,बुटवल । बुटवल–दोभान (पाल्पा) सडक खण्डमा कारमाथि ढंगा खस्दा एकजना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथि ढुंगा खस्दा कारमा सवार गणेश गैरे घाइते भएका हुन् ।

तिनाउ गाउँपालिका(३ रामापिथेकस पार्कनिर चट्टाने भीरबाट खसेको ढुंगा कारको माथिल्लो भाग छेडेर भित्र पसेको दोभान प्रहरी चौकीले जनाएको छ ।
घाइतेको अवस्था सामान्य भए पनि कारमा भने क्षति पुगेको प्रहरीको भनाइ छ । उक्त कार पाल्पाको भैरवस्थानतर्फ जाँदै गरेको थियो ।

दुर्घटनास्थल सिद्धबाबा सुरुङमार्गभन्दा केही मिटर पूर्व माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरको बीचको दुर्घटना जोखिमपूर्ण खण्डमा पर्छ । यो भागमा पनि सुरुङमार्ग बन्नुपर्ने धेरैको माग थियो । तर, माथिल्लो सिद्धबाबा मन्दिर भत्काउनुपर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सुरुङ मार्ग बन्न नसकेको हो । सुरुङमार्ग माथिल्लो सिद्धबाबा मन्दिरबाट बन्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?