+
+
Shares

प्रतिनिधि सभामा एक स्थान रिक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १२:३५
केही दिनअघि निधन भएका सांसद दीपक बोहरा

३० चैत, काठमाडौँ । प्रतिनिधि सभामा एक स्थान रिक्त भएको छ । संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त भएको जानकारी दिएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको हो । बोहराको यही चैत १९ गते निधन भएको थियो ।

बोहराको निधनसँगै प्रतिनिधि सभामा एक स्थान रिक्त भएको सूचना निकालिएको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना निकालेर नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुन आएको उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को उपनियम २ मा प्रतिनिधि सभामा स्थान रिक्त भएको अवस्थामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना प्रकाशित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?