+
+
Shares

कलंकीको नेशनल अस्पतालले महानगरलाई बुझायो १ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १७:०१

काठमाडौँ । कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।

जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि अस्पतालले महानगरलाई एक लाख जरिवाना बुझाउनुपरेको हो ।

काठमाडौं महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर व्यवस्थापनमा जिम्मेवार देखिएको जनाएको छ । अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते अनुगमन गरिएको थियो । यसपछि जरिवानाको पत्र पठाइएको थियो ।

महानगरपालिकाले जरिवानाको पत्र पठाएपछि अस्पतालले चैत २९ गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो ।

‘एक पटक होइन । दुई पटक होइन । पटक पटक गएर सुधारको मौका दियौँ । जति भने पनि हस्पिटलले सुधार गरेन,’ महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले भनिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौँ महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौँ ।’

अस्पतालबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । गतवर्ष अनुगमन गर्दा यहाँ राखिएको अटोक्लेभ मेसिन बिग्रिएको अस्पतालले जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?