
दक्षिण कोरियामा विद्यार्थीहरूका लागि एउटा विशेष खालको कोठा पाइन्छ । जो यतिधेरै सानो हुन्छ कि त्यसमा जसोतसो एकजना मात्रै सुत्न सकिन्छ ।
उक्त कोठालाई दक्षिण कोरियामा गोशिवान भनिन्छ । जर्मनीबाट अध्ययनका लागि सिओल आएकी एक छात्रा यस्तै सानो गोशिवानमा बसेर पढिरहेकी छिन् । गोशिवान निकै सानो आकारको हुनुका बाबजुत निकै आरामदायी रहेको उनको भनाइ छ ।
२७ वर्षीया लिडिया रुका सिओलमा स्नातककी छात्रा हुन् । उनी त्यहाँ ७७ वर्गफिटको एउटा सानो कोठामा बस्छिन् । उक्त माइक्रो अपार्टमेन्टलाई गोशिवानको नामले चिनिन्छ । यसमा एउटा बेड, एउटा डेस्क र कुर्सी, शेल्फ, सानो फ्रिज र एउटा शौचालय छ ।
उक्त कोठामा बस्न जानुअघि लिडियालाई आफ्ना धेरै चिजबाट छुटकारा पाउनुपर्यो । तर आश्चर्यको कुरा यो छ कि उनले आफ्नो नयाँ सीमित जीवनशैली अपनाइन र त्यसलाई निकै मन पराइरहेकी छिन् । सीमित ठाउँ र कम श्रोतसाधनमा पनि कसरी आरामसँग बस्न सकिन्छ भन्ने कुरा आफूले त्यहाँ गएर थाहा पाएको उनी बताउँछिन् ।
गोशिवानमा बस्दा उनलाई हामीले बाहिर अनावश्यक रुपमा कतिधेरै लग्जरीको उपभोग गरिरहेका हुने रहेछौँ भन्ने थाहा भयो ।
गोशिवानमा बस्नका लागि मासिक ३ सय २८ डलर भाडा तिर्नुपर्छ । त्यहाँ एउटा सामूहिक भान्सा तथा कपडा धुने कोठा छ । त्यसलाई उक्त भवनमा बस्ने अन्य विद्यार्थीहरूसँग शेयर गर्नुपर्छ ।
प्रतिक्रिया 4