+

केपी ओली कप क्रिकेट : लुम्बिनीको पहिलो जित, हिमाल फ्रेन्ड्स शीर्ष स्थानमा

२०८१ चैत  ३० गते १७:४३ २०८१ चैत ३० गते १७:४३
केपी ओली कप क्रिकेट : लुम्बिनीको पहिलो जित, हिमाल फ्रेन्ड्स शीर्ष स्थानमा

३० चैत, पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ ।

आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिएको थियो ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्सबीच हुने भनिएपनि वर्षाका कारण खेल नहुँदा दुवै टिमले १/१ अंक बाडे ।

दुवै टिमको समान दुई खेलबाट समान ३/३ अंक रहेपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थन हासिल गरेको छ । उसको १.१८१८ अंक रहँदा कर्णाली ०.८८२४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

दोस्रो खेललाई समेत प्रभाव पारेपछि १९ ओभरमा झारिएको थियो । दोस्रो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मधेश प्रदेश क्रिकेट क्लबलाई ५ विकेटले हरायो । १२९ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १८ ओभरमा ५ विकेट गुमाउँदै १३१ रन बनायो । ओपनर देव खनाल ४३ रनमा बोल्ड भए ।

उनले २३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । रन्जित खत्रीले ५४ रनको अविजित अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । उनले ४५ बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गरे ।

मोहम्मद हुसेन १३ रनमा नटआउट रहे । उनले ९ बलमा २ चौका प्रहार गरे ।

प्रज्वल थापा शुन्यमै पेभिलियन फर्किए । सन्दिप राजाली १३, निश्चल चौधरी शुन्य, तुलबहदुर थापा ७ मधेशका लागि प्रदिप पासवान र हरिशंकर शाहले २/२ तथा पप्पु यादवले १ विकेट लिए ।
त्यसअघि टस जितेर व्याटिङ थालेको मधेश प्रदेशले १९ ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनायो ।

प्रदिप पासवान १३ रनमा नटआउट रहे । भने अफु्रदीन रेन ११ रनमा नटआउट रहे । रुपेश सिंहले २८ रन बनाउँदै आउट भए । पप्पु यादव १७ रनमा आउट भए । ओपनर हरिशंकर शाह १, रोहन विक १, विशाल सुस्लिङ्ग ३, दिपेश दास ९, विशाल पटेल ६, अभिषेक कार्की ४ रनमा आउट भए । लुम्बिनीका लागि अजय कुमार चौहानले ४ ओभरमा २७ रन खर्चँदै सर्वाधिक ३ विकेट लिए । देव खनालले २ तथा मोहम्मद हुसेन, सन्देश थापा र अभिषेश गौतमले समान १/१ विकेट लिए ।

लुम्बिनी जित पश्चात तालिकाको तेस्रो स्थानमा रहेको छ । २ खेलमा १ जित र १ हार बेहोरेको लुम्बिनीको २ अंक रहेको छ । २ खेलमै हार व्यहोरेको मधेश तालिकाको अन्तिममा रहेको छ ।

वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि समूह ‘सी’ को अन्तिम खेलहरू हुनेछन् ।

जसअनुसार लुम्बिनी खुकुरीले कर्णाली एकेडेमीको सामना गर्नेछ भने मधेश प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्नेछ ।

केपी ओली कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय