+
+
Shares

वीरगञ्ज तनावग्रस्त, कर्फ्यु लगाउने तयारी (तस्वीरहरू)

‘दुवै पक्ष आक्रोशित नै छन् । कर्फ्यु जारी गर्ने तयारी गरिएको छ । भर्खरै सीडीओसाब सँग पनि कुराकानी भएको छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १८:४८

३० चैत, काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यु लगाउने तयारी भएको छ ।

शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ ।

अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको उनले बताए ।

‘दुवै पक्ष आक्रोशित नै छन् । कर्फ्यु जारी गर्ने तयारी गरिएको छ । भर्खरै सीडीओसाब सँग पनि कुराकानी भएको छ,’ उनले भने ।

सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।

झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?