+
+
Shares

प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा

सडक छोडेर सरकारतिर ध्यान दिन प्रधानमन्त्रीलाई सुझाव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम गर्ने क्षमता दोब्बर बनाए गणतन्त्र प्रति जनताको समर्थन दोब्बर हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १९:०७

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक कार्यक्रमहरूमा बढी व्यस्त भएकोमा प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

नेपालगञ्जमा आज भएको नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार गर्नतर्फ लाग्न आग्रह गरेका छन् ।

‘खासगरी प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यानकेन्द्रित गर्न जरुरी छ,’ उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्नकेन्द्रित हुनुपर्थ्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो ।’

सरकारको काम सन्तोषजनक हुन नसक्दा जनतामा गणतन्त्रप्रति असन्तुष्टि बढेको बताएका शर्माले प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरे, ‘प्रधानमन्त्रीज्यू, सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्न तर्फ लाग्नुस् । सडक प्रदर्शन हामी दलहरूले गरौंला । प्रधानमन्त्रीज्यूले सरकारको काम गर्ने क्षमताको दोब्बर प्रदर्शन बढाउनुस्, तब गणतन्त्रप्रति जनताको समर्थन दोब्बर बढ्नेछ ।’

उनले राजनीतिक दलहरूले सडक प्रदर्शन गर्नु लोकतन्त्रमा स्वभाविक हुने भन्दै त्यस्ता प्रदर्शनले लोकतान्त्रिक गणतन्त्रलाई नै मजबुद गर्ने बताए । तर, प्रदर्शन हिंसात्मक हुन नहुने उनको भनाइ थियो ।

उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्नकेन्द्रित हुनुपर्थ्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो ।’

‘राजनैतिक दलहरूले सडकमा प्रदर्शन गर्ने र प्रदर्शन मार्फत आफ्नो एजेन्डाउपर जनमत बनाउन पहल गर्ने कार्य लोकतन्त्रमा विल्कुलै स्वभाविक छ,’ महामन्त्री शर्माले भने, ‘केहिअघि माओवादी र एकीकृत समाजवादी पार्टीको प्रदर्शन र पछिल्लो समय एमाले पार्टीको प्रदर्शनलाई स्वभाविक रूपमा लिनुपर्छ । हिंसात्मक प्रदर्शनहरूलाई स्वभाविक मान्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?