+
आईपीएल २०२५ :

पूरन र मार्क्रमको अर्धशतकमा लखनउले गुजरातलाई हरायो

२०८१ चैत  ३० गते १९:४० २०८१ चैत ३० गते १९:४०
पूरन र मार्क्रमको अर्धशतकमा लखनउले गुजरातलाई हरायो

३० चैत, काठमाडौं । निकोलस पूरन र एइडेन मार्क्रमको अर्धशतक मद्दतमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित निकालेको छ ।

शनिबार भएको पहिलो खेलमा गुजरात टाइटन्समाथि ६ विकेटको जित दर्ता गर्दै लखनउले ६ खेलमा चौथो जित निकालेको हो । गुजरातले दिएको १८१ रनको लक्ष्य लखनउले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पूरनले सर्वाधिक ६१ तथा मार्क्रमले ५८ रन बनाए । आयुष बदोनी २८ रनमा अविजित रहे । गुजरातका लागि प्रसिध कृष्णाले २ विकेट लिए भने राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । ओपनर कप्तान शुभमन गिलले ६० तथा साइ सुदर्शनले ५६ रन बनाए ।

लखनउका शार्दुल ठाकुर र रवि विश्नोइले २-२ विकेट लिँदा दिग्वेश राथी र आवेश खानले १-१ विकेट लिए ।

यस जितपछि ६ खेलमा ८ अंक भएको लखनउ अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा समान अंक भएको गुजरात शीर्षबाट दोस्रोमा झरेको छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय