
३० चैत, काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले भेट गरेका छन् ।
शनिबार रजकको घरमै पुगेर उनीहरूले परिवारका सदस्यहरूसँग भेट गरेका हुन् ।
बागमती प्रदेशका सभामुख भुवन पाठक, प्रवक्ता मोहनकुमार श्रेष्ठ लगायतका नेताहरू रजकको परिवार भेट्न घरमै पुगेका थिए ।
भेटका क्रममा उनको परिवारले रजकलाई घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार रजकलाई शहिद घोषणा गर्नका लागि पार्टीले निर्णय लिइसहेको र अब पनि निरन्तर यसका लागि पहल गर्ने प्रतिवद्धता अध्यक्ष लिङ्देनसहितका नेताहरूले दिएका छन् ।
प्रतिक्रिया 4